काठमाडौँ / विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर झण्डै साढे ६ हजार जनाको मृत्यु भएको छ । पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

यो अवधिमा विश्वभर साढे ५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। युरोपेली देशहरुमा मात्रै चार लाखभन्दा बढी संक्रमित थपिएका छन्। 

जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा २६ हजार ७०० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, अमेरिकामा ३० हजार ९०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल विश्वभर करिब दुई करोड सक्रिय संक्रमित रहेको तथ्यांक छ।