बिर्तामोड / आज देशभर थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

सात हजार ८२९ जनामा आरटीपीसीआर परीक्षण गर्दा २४२ र  दुई हजार ६१७ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार २८७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।