बिर्तामोड / आज देशभर थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन्। 

OM Sai Pathibhara Hospital

गत २४ घण्टामा १७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ। 

हाल ९८ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा  ७९ हजार ५६८ जनाले खोप लगाएका छन्।