काठमाडौं / नेपालमा हालसम्म ७५ लाख ८० हजार १३३ जनाले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन्।

सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन्। योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ६४ लाख ५६ हजार ४४० मात्रा खोप लगाइसकिएको छ।नेपालमा  २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भई संचालन भइरहेको छ।