झापा / आज देशभर ४१६ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ। 

हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।