काठमाडौँ / १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई आज (आइतबार) देखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।

काठमाडौँ सहित देशका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको हो । 

OM Sai Pathibhara Hospital

फाइजर खोप आजदेखि मंसिर ४ गते सम्म लगाइने र यसको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ । 

फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।