झापा / आज देशभर २९५ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १६ हजार ६७५ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ७ हजार २७८ सक्रिय संक्रमित छन्।  

गत २४ घण्टामा ४७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ। 

उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। १९३ जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।