काठमाडौँ  / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा निधन भएको छ । 

बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क घातको उपचार गराइरहेका अर्यालको आज (शनिबार) बिहान ५१ वर्षको उमेरमा निधन भएको हो । 

OM Sai Pathibhara Hospital

उनलाई मस्तिष्क घात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेको मन्त्रालयका निमित्त सचिव डा. हरि लम्सालले जानकारी दिएका छन् । 

अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।