काठमाडौँ / सरकारले एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थालाई मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन अनुमति दिने भएको छ । 

सीटीईभीटीका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा बसेको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्न दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ ।

यसको प्रत्यक्ष असर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर नर्सिङ अध्यापन गराइरहेका १०९ मध्ये ८५ शिक्षण संस्थाहरूलाई पर्ने देखिएको छ ।

आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्न लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।

ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्र अघि बढाउने निर्णय भएको काफ्लेले बताए ।

सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन् ।

नयाँ व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए करिब एक हजार ५०० जनाले पढ्न पाउनेछन् ।