झापा / देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन् ।गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।

उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।