धरान / बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानविन टोलीले स्थलगत अध्ययन गरी तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री देउवालाई आज (शुक्रबार) बुझाएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रतिवेदनमा अनियमितताको आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छानविन समितिका एक पदाधिकारीले जानकारी दिए ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न र त्यसका लागि सिनेट बोलाउन सिफारिस प्रतिवेदनमा गरिएको छ। रजिस्ट्रार डा। मोहनचन्द्र रेग्मीले भने यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्।

गत साउन १९ गते पनि प्रतिष्ठान स्थित संघर्ष समिति र वार्ता समितिबीच प्रतिष्ठानमा देखिएको विवाद अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो ।

तर सहमतिअनुसार सरकारले कुनै कदम अघि नबढाएको भन्दै बिपीमा आन्दोलन जारी थियो।