बिर्तामोड / आज देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ६१२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४८४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ। हाल ११० जना क्वारेन्टाइनमा छन्। १९९ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।