बिर्तामोड / आज देशभर थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन्।