बिर्तामोड / चीनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना विरुद्धको तीन लाख डोज खोप दिएको छ । 

चिनीयाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिएको सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई आज हस्तान्तरण गरेकी छिन् ।

OM Sai Pathibhara Hospital

चिनियाँ जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुत हुने बताएको छ ।