बिर्तामोड / आज देशभर थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

OM Sai Pathibhara Hospital

२४ घण्टामा ५६३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भइसकेका छन् ।

९ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४४८ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ७१३ जना छन् ।

आईसीयूमा १९७ र भेन्टीलेटरमा ४९ उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार १२४, संस्थागत आईसोलेशनमा ५८९ र क्वारेन्टिनमा ११२ जना छन् ।