बिर्तामोड / आज देशभर थप ४४७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार १२३ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४३९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ। हाल १२१ जना क्वारेन्टाइनमा छन्। २२३ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।