काठमाडौं / चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन्।
खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताएका छन् खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिएका थिए ।
चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।






































