बिर्तामोड / आज देशभर थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १० हजार २८७ जनाको नमूना परीक्षण गर्दा मंगलबार ४६९ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ पुगेको छ। 

गत २४ घण्टामा ५५५ जना कोरोना भाइरसको संक्रमण मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन्।