काठमाडौं / आज देशभर थप ५३३ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ३१८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४९० जना संक्रमित निको भएका छन्।  

उक्त अवधिमा ९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ।