आज सोमबार जिल्ला अस्पतालहरूको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुती करण हुनेछ ।
मंगलबार १४ जिल्लाका आयुर्वेद कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको प्रस्तुती रहने निर्देशक बस्नेतले बताए ।
समीक्षा कार्यक्रमको अन्तिम दिन गुणस्तरीय आयुर्वेद सेवा प्रदान गर्न प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि हुने बताईएको छ ।





































