विराटनगर / प्रदेश १ को स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रदेश १ स्तरीय वार्षिक समीक्षा गोष्ठी आइतबार देखि विराटनगरमा शुरु भएको छ ।
 
तीन दिन चल्ने समीक्षा कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 

आज सोमबार जिल्ला अस्पतालहरूको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुती करण हुनेछ । 

OM Sai Pathibhara Hospital

मंगलबार १४ जिल्लाका आयुर्वेद कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको प्रस्तुती रहने निर्देशक बस्नेतले बताए । 

समीक्षा कार्यक्रमको अन्तिम दिन गुणस्तरीय आयुर्वेद सेवा प्रदान गर्न प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि हुने बताईएको छ ।