बिर्तामोड / आज देशभर थप चार सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८९९ पिसिआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज देशभर ५१८ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ।