बिर्तामोड / आज देशभर थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ५२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ। हाल २१२ जना क्वारेन्टाइनमा छन्। २३४ जना आइसीयू र ६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।