काठमाडौं / भारतीय अभिनेता रजनीकान्त अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि भारतको चेन्नईस्थित कावेरी अस्पतालमा भर्ना भएका रजनीकान्तको शुक्रबार साधारण अपरेसन भएको छ। 

अस्पतालले जारी गरेको ‘मेडिकल बुटेलिन’का अनुसार बिहीबार अस्वास्थ्य भएका  ७० वर्षीय अभिनेता रजनीकान्तको ‘कैरोटिड एन्डारटेरेक्टोमी’को अपरेसन भएको छ। 

OM Sai Pathibhara Hospital

अभिनेता रजनीकान्त पछिल्लो समय अस्वास्थ्य छन्। अघिल्लो वर्ष पनि डिसेम्बरको महिनामा उनलाई अस्पताल भर्ना गर्नु परेको थियो। फिल्मको छायांकनका लागि हैदरावादमा रहेका उनी अचानक अस्वास्थ्य्य भएपछि अस्पताल लगिएको थियो।

आफ्नो स्वास्थ्यमा निरन्तर समस्या देखिएपछि रजनीकान्तले राजनीतिबाट पनि सन्यास लिएका थिए। उनले आफ्ना समर्थकलाई यसका लागि माफीसमेत मागेका थिए।