काठमाडौँ / नेपाल मेडिकल काउन्सिलले १३९ जना चिकित्सकको नाम हटाएको छ । काउन्सिलले चिकित्सकको विवरण अद्यावधिक गर्ने क्रममा १३९ जना चिकित्सकको नाम हटाएको हो । 

काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सकको विवरण अद्यावधिक गरेको छ । जसमध्ये १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् । 

OM Sai Pathibhara Hospital

दर्ता भएका चिकित्सकहरूको नाम, योग्यता, ठेगाना, निधन भएकाहरूको नाम हटाउने, दर्तावाल चिकित्सकले व्यवसाय छाडेमा, ठेगाना बदलेमा रजिस्ट्रारलाई जानकारी दिनुपर्ने व्यवस्था छ । काउन्सिलका अनुसार दर्तावाल २८ हजार ४७७ चिकित्सक छन् ।