बिर्तामोड / आज देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पिसिआरएन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पिअिसार परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर ५०१ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ६१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।