विराटनगर  / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ ।

४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० जनाको र एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २६ महिला र १७ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।