काठमाडौं / सरकारले देशभरका ५ वर्षमुनिका बालबालिकालाई आज र भोलि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै छ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई सरकारले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको हो ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियान अन्र्तगत १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइदै छ ।