बिर्तामोड / प्रदेश एकमा आज थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । 

OM Sai Pathibhara Hospital

झापाको भद्रपुरमा १०, विर्तामोडमा ९,  दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । 

प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।