बिर्तामोड / प्रदेश १ मा आज थप आठ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

एक हजार पाँच सय १४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ९६ र एक हजार चार सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा १३५ ,  मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।