बिर्तामोड / विवादीत छवीका चिकीत्सक डा. जागेश्वर गौतम सरकारी आदेशको अवज्ञा गर्दै सरकारले खटाएको अस्पतालमा नगएको सार्वजनिक भएको छ ।

केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले वीर अस्पतालमा लगेका गौतमले भ्रष्टाचार गरेको र कर्मचारीमाथि दुर्वव्यहार गरेको सार्वजनिक भएपछि नयाँ सरकारले उनको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको थियो ।

गौतमका विषयमा राष्ट्रिय सतर्कता केन्द्रले समेत छानविन गरिरहेको छ । छानबिनमा तनिएकै समयमा सरुवा भएका गौतम सरकारी आदेशको अवज्ञा गर्दै सरुवा भएको स्थानमा नपुगेको खुलेको हो ।

गत साउन १९ गते सरकारले गौतमलाई परोपकार तथा स्त्री रोग अस्पताल थापाथली पठाएको भएपनि हालसम्म उनी हाजिर नभएको परोपकार, प्रसुती तथा स्त्री रोग अस्पतालकी कार्यालय प्रमुख डा. संगीता कौशल मिश्राले जानकारी गराएकी छन् ।

सरकारी आदेशको अवज्ञा गरी बसेका डा. गौतमले हिंजो मंगलबार सरकारले ल्याएको राजनितीक दल विभाजन सम्बन्धि अध्यादेशको विरोध गरेका छन् । सरकारी कर्मचारीका रुपमा पदमा बहाल रहेकै समयमा ओली समुहकै लाईनमा आफुलाई उभ्याउँदै उनले विरोध गरेका हुन् ।

सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन्  –‘आजको अध्यादेश शत प्रतिशत अग्रगमन भएछ, केही महिना पहिले त लास्टै पश्चगमन थियो । यसको मूल्यांकन भविष्यलाई छाडिदिउँ ।’

विवदीत छवीका गौतमले वीर अस्पतालको प्रमुख रहेको समयमा आफ्नै व्यावसायिक साझेदार सुन्दरलाल भुसाललाई १५ करोड बराबरको ठेक्का दिएर भ्रष्टाचार गरेका थिए ।

डा. गौतमले र्किते हस्ताक्षर गरी चितवनको एक अस्पतालको शेयर कब्जा गरेको अभियोगमा कारवाही समेत परेका व्यक्ति हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको संंरक्षणमा रहँदै आएका गौतमको र्किते हस्ताक्षर प्रयोग गरी शेयर हडपेको विषयमा एक तह घटुवा समेत भएको थियो ।