बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण २७ जनाको ज्यान गएको छ ।

पीसीआर विधिबाट गरिएको कुल परीक्षण ७ लाख ३७ हजार २ सय ९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षण  ७६ हजार ८ सय ३३ पुगेको छ । आज संक्रमित हुनेसँगै कुल सङ्क्रमितको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ ।

देशभर ३९ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।