बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज १ हजार ४ सय १० जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, सङ्खुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको शिवसताक्षीमा ३० र बिर्तामोडमा ३० , भद्रपुरमा २८, दमकमा २४, मेचीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दीबारीमा ६, बुद्धशान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् ।

मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २–२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३ जना छन् ।

सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २–२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २–२, फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र पाख्रिवासमा १–१, तेह्रथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, सङ्खुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १३ जना  संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।