विराटनगर / कोशी अस्पतालमा चिकित्सक बनेर बिरामीलाई परिक्षण गर्दै गरेको अवस्थामा प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।

अस्पतालको गाइनो वार्डमा सोमबार राती बिरामीको परिक्षण गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगरको सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

चिकीत्सक बनेर अस्पतालमा भर्ना भएका बिरामीको परिक्षण गर्ने काममा संलग्न बाँनियालाई अभद्र व्यवहार मुद्दामा कारवाही अघि बढाइएको प्रहरीले जानकारी गराएको छ ।

अस्पताल प्रमुख एवं मेसु डा. चुमनलाल दासले चिकित्सकको भेषमा बिरामीसँग अभद्र व्यवहार गर्ने बानियामाथि कानुनी कारवाहीका लागि अस्पतालले प्रहरीलाई पत्राचार गरेको जानकारी गराएका छन् । दासले पक्राउ परेका बानियाँले गाइनो वार्डमा उपचारका लागि भर्ना भएका महिलाका संवेदनशील अङ्गमा छोएको र अभद्र व्यवहार गरेको पनि बताएका छन् ।  

चिकित्सकको भेषमा अस्पताल पुगेका बानियाँले हातमा पञ्जा समेत नलाएको पाइएपछि बिरामीका आफन्तले शंका लागि पक्राउ गर्दा उनी चिकित्सक नै नभएको खुलेको थियो ।