बिर्तामोड / प्रस्तावित बी एन्ड सी मेडिकल कलेज मातहतको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु  गरेको छ।

नाक, कान र घाँटीमा भएको क्यान्सरको शल्यक्रिया गरी अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालेर पुरानै स्वरूपमा अनुहार बनाउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्ने गरिएको छ ।

OM Sai Pathibhara Hospital

स्वदेशमै क्यान्सरका बिरामीलाई सम्पुर्ण सेवा दिने उद्देश्यले  ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी गराएका छन् ।

   धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अस्पतालमा लगिएका सर्जन डा बजरङ्ग साह नेतृत्वको चिकित्सकको टोलीले   ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्ने अस्पतालले जानकारी गराएको छ ।

उनले नेपालमा नै पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा बिर्तामोडमा सुरु भएको दावी समेत गरेका छन् । शरीरको अन्य भागबाट मासु ल्याएर अनुहारमा प्रयोग गरी पुरानै अवस्थामा लान गरिने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ सर्जरी भनिने डा. विरेन्द्र यादवले जानकारी गराएका छन् । उनले ब्रेनभन्दा मुनि र फोक्सो भन्दा माथिको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्ने गरिएको बताएका छन् ।

भारतमा ‘फ्री फ्लाप सर्जरी ’ गर्न २० देखि २५ लाख रुपैयाँ खर्च लाग्ने भए पनि त्यस्तो शल्यक्रिया अस्पतालमा ३ लाख रुपैयाँमा नै हुने गरेको उनको भनाई छ ।