बिर्तामोड / प्रदेश १ थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१ हजार ९८ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।