बाजुरा / बाजुरामा ५ वर्ष मुनिका बालबालिकामा डरलाग्दो संक्रमण देखिएको छ ।

६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकामा कोरोना संक्रमणसँग लक्षण मिल्ने ज्वरो र निमोनियाको डर लाग्दो संक्रमण देखिएको हो ।

OM Sai Pathibhara Hospital

५ वर्ष मुनिका बालबालिकामा डर लाग्दो संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । ज्वरो र निमोनिया तथा पखाला लाग्ने समस्याका ३७ जना बालबालिका जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना मात्र भएका छन् ।

साउन १५ गतेपछि एकाएक संक्रमण बढ्दा दुई साताको अवधीमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् । जोशीले बाजुरामा विगत ४ वर्षको तुलना गर्दा यो वर्षकै जस्तो डर लाग्दो संक्रमण पहिलो पटक देखिएको बताएका छन् ।

भर्ना भएका मध्ये ३० जना निको भएर घर फर्किएका छन् । भने ६ जना अझै उपचार गराइ रहेका छन् । एक जना थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएका मध्ये २ जना गम्भीर अवस्थामा रहेको अस्पतालका कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् ।

कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टीजोन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको संक्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका सूचना अधिकारी नृप गिरीले बताए । स्वास्थ्य कर्मीले कोरोनाको तेस्रो लहर हुन सक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।