वाग्मती / वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप १८ वर्ष माथिका १९ प्रतिशत नागरिकले लगाएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ ।  

OM Sai Pathibhara Hospital

सरकारले  खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा  भेरोसेल खोप मध्ये कुनै खोपका दुवै डोज  र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको  छ । 

यसैगरी १८ वर्ष भन्दामाथिका पहिलो डोज मात्र लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ ।