विराटनगर / प्रदेश १ मा थप ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ७ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा २ सय १५ र १ हजार ५ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, सङ्खुवासभा र भोजपुरमा १ –१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ६ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ७ महिला र ३ सय ३८ पुरुष रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।