बिर्तामोड / देशभर थप २ हजार छ सय २४ कोरोना संक्रमित थपिएका छन् । 

देशभर ८ हजार छ सय ६७ जनाको पीसीआर र ४ हजार नौ सय छ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार छ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।