बिर्तामोड / मेडिकल सञ्चालकहरूले भारतीय एक औषधी उत्पादक कम्पनीले मानिसको स्वास्थ्यमाथि लापरवाही गरेको भन्दै कम्पनीमाथि कारवाहीको माग गरेका छन् ।  

औषधी उत्पादक कम्पनी युमेडिकाले नेपालमा बिक्री गर्दै आएको युझोलिन –१००० औषधीमा लापरवाही गरेको भन्दै उक्त कम्पनी र बिक्रेता कम्पनीमाथि छानबिन गरी कारवाहीको माग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

मेडिकल सञ्चालकहरूले बाहिर युझोलिन –१००० नाम राखेर नेपाली बजारमा बिक्री भइरहेको एन्टिबायोटिक औषधीमा भित्र फरक कम्पोजिसनको युरोक्झीम –७५० राखेको बताएका छन् । 

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार औषधीमा लेबलीङ इरर देखिएको हो । विभागले फार्मेसीहरुबाट औषधिका नमुनाहरू संकलन गरेर ल्याएको थियो । नमुनामा ‘लेबलीङ इरर’ देखिएको उनले बताए ।

बजारमा गएको यो ब्याचको अधिकांश औषधीमा त्रुटि रहेको पाइएको छ । फार्मेसीमा गलत औषधी गएपछि फार्मेसी सञ्चालकहरूले सामाजिक सञ्जालमार्फत उक्त गल्ती बाहिर ल्याएका थिए । 

सोही आधारमा औषधी व्यवस्था विभागले काठमाडौं विभिन्न औषधी पसलहरूमा अनुगमन गरेको थियो । सोही क्रममा त्रिवि शिक्षण अस्पताल अगाडिको सोभिका फार्मेसीबाट ५५ भायल चेकजाँच गर्दा २६ भायलमा त्रुटि पाइएको थियो । त्यसैगरी, क्षेत्रपाटी एरियाका औषधी पसलमा पनि त्रुटि पाइएको तर कतिमा परिणाममा भन्ने यकिन भइसकेको छैन । 

नेपालको आधिकारिक बिक्रेता फर्माकेयर इन्टरनेशनल प्रा. लि. बानेश्वरका सञ्चालक तथा औषधी व्यवसायी संघका केन्द्रीय सदस्य श्रीजन भट्टराईले कम्पनीबाट गल्ती भएको जनाउँदै देशभरीबाट उक्त ब्याचको औषधी रिकल गर्ने बताए ।