धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाहले उपकुलपति सहित रेक्टर र रजिष्ट्रारको राजीनामा माग गरेका छन् । 

डा. शाहले शनिबार एक विज्ञप्ति जारी गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको राजीनामा माग गरेका हुन् ।

OM Sai Pathibhara Hospital

शाहले प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाई आचार संहिता विपरित गोपनीयता भंग गरि एकले अर्कालाई हानी गर्ने र अधिकार एकल रुपमा प्रयोग गर्दै विवादास्पद निर्णयहरू गरेकाे दावी गरेका छन्र ।

उनले प्रतिष्ठानको बदनाम गर्ने आफू भन्दा माथिल्लो तहका तीनजना पदाधिकारीले तत्काल राजीनामा दिई प्रतिष्ठानलाई निकाश दिनुपर्नेमा पनि जोड दिएका छन् ।

आफ्ना लागि प्रतिष्ठानको पदाधिकारीको पद अस्थायी र प्राध्यापक पद स्थायी भएको शाहले जारी विज्ञप्तीमा उल्लेख गरेका छन् । माथिल्लो तहका तीन जना पदाधिकारीले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै शाहले आफूले पनि पद छोड्न तयार रहेको बताएका छन् ।