बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार नौ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ७९८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ११८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ। 

उक्त अवधिमा २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ। 

हाल ३५ हजार ५१८ जना होम आइसोलेसन र ३ हजार २८० जना संस्थागत आइसोलेसनमा छन्। ४३९ जना क्वारेन्टाइन, ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।