बिर्तामोड / प्रदेश १ मा आज थप ७ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा ५, सङ्खुवासभा र भोजपुरमा ४/४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय महिला र ३७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।