काठमाडौँ / सर्वोच्च अदालतले  ‘ज्येष्ठ नागरिक’ लाई घर –घरमा पुगेर कोभिड –१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए । 

OM Sai Pathibhara Hospital

न्यायाधिश ढुंगानाको इजलासले खोप केन्द्रमा जान नसक्ने ज्येष्ठ नागरिक,  हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश गरेको हो ।