बुटवल / लुम्बिनी प्रदेश सरकारको पहिलो बैठकले मृगौला, क्यान्सर र मुटु रोगका बिरामीलाई गर्दै आएको आर्थिक सहयोगमा वृद्धि गर्ने निर्णय गरेको छ । यसअघि उपचारका लागि प्रदेश सरकारले एक लाख दिँदै आएकोमा त्यसलाई वृद्धि गरी २ लाख बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री  कुल प्रसाद केसी सोनामको अध्यक्षतामा बसेको पहिलो बैठकले कोरोना नियन्त्रणका लागि परिक्षण, उपचार , उद्धार र खोप कार्यक्रमलाई तिव्रता दिने पनि निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

बैठकले कोरोना संक्रमितका लागि हटलाइन र एम्बुलेन्सको व्यवस्था मिलाउने र मातृ शिशु मृत्युदर कम गर्न पोर्टेबल अल्ट्रासाउन्ड मेसिन सहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

बिहीबार बसेको बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्ति गरेको छ ।