बिर्तामोड / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९७ र १ हजार ५ सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ७ सय १० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ४७ महिला र ३ सय ६३ पुरुष रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।