बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा तीन हजार चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार छ सय ५६ जनाको कोरोनाको परीक्षण गर्दा ३ हजार चार सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

देशभर पछिल्लो २४ घण्टामा ३० जना सङ्क्रमितको मृत्यु भएको छ। देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्।