धरान / बेथिति र भ्रष्टाचारका कारण बदनाम बनेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचार र बेथितिका विषयमा प्रतिष्ठानमा आन्दोलन जारी रहेकै समयमा अख्तियारको टोलीले छापा मारेको हो । आयोगको केन्द्रीय कार्यालय काठमाण्डौ र इटहरी स्थित कार्यालयको टोलीले प्रतिष्ठानमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

प्रहरी उपरीक्षक टेकबहादुर तामाङ नेतृत्वको टोलीले भ्रष्टाचारका विषय जोडिएका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । भ्रष्टाचारको आशंका भएका कामसँग सम्बन्धित कागजात र दस्तावेज नियन्त्रणमा लिइएको तामाङले जानकारी गराएका छन् । 

प्रतिष्ठान भित्र भएका खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अख्तियारमा उजुरीको चाङ लागेकाले छानविन अघि गढाइएको उनले जानकारी गराएका छन् ।