धरान //भारतबाट उद्धार गरेर नेपाल ल्याइ थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका एक शिशुको उपचार खर्चमा अभाव भएको छ।

आन्द्रा दोब्रिएर पेट फुलेपछि साउन १५ गते  मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । 

OM Sai Pathibhara Hospital

उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका उनलाई उद्धार गरेर नेपाल ल्याइ थप उपचारका लागि  बिपी प्रतिष्ठानमा भर्ना गरिएको हो।

सिलिगुडीको हस्पिटलमा ६ लाख ८ सय खर्च भएको उनको दूई लाख भने परिवारले भुक्तानी गरेको र बाँकी ४ लाख ६८ हजार १५ दिनभित्र तिर्ने कागजमा सही गरे पछि सुहानकी आमा शर्मिला चौधरीले शिशु फिर्ता पाएको झापाका पत्रकार मोहन काजीले  बताएका छन्।

पहिलानै बिपी प्रतिष्ठानमा भर्नाका लागि लगिएको भएपनि बाल सर्जन डा. राजेस साह विदामा भएकाले अन्यत्र लान सल्लाहा दिइएको थियो ।

तर यता दलालहरुले भने उनलाई सिलिगुरी पुर्याएको बताइएको छ।

शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएको कारण बच्चाको अवस्था अझै पनि गम्भीर रहेकोले शिशुलाई पिआइसियुमा राखेर उपचार भइरहेको प्रतिष्ठानका बाल रोग सर्जन डा. राजेस साहले जानकारी गराएका छन्।

न्यून आय भएका चौधरी परिवारको नेपालमा भइरहेको उपचारको खर्च समेत व्यहोर्न सक्ने आर्थिक क्षमता नभएकाले  मेचीनगरका सामाजिक अभियान्ताहरु विजय डालमिया, ज्ञानेन्द्र निरौला, बिपी भट्राई, पत्रकार मोहन काजी र देवेन्द्र कार्कीको सकृयतामा शिशुको प्रतिष्ठानमा उपचार गराइरहेको शिशुकी आमा शर्मिला चौधरीले गुनासो गरेकी छन् ।

आर्थिक अवस्था कमजोर भएको थाहा भए पछि उपचारमा संलग्न डा. राजेश साह, विभागीय प्रमुख डा. प्रकास पौडेल, डा. नारायण भट्टराईलगायतले बच्चालाई उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

केही औषधी मंगलबार विरामीको आफन्लाई हस्तान्तरण गरेका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बच्चालाई उपचारको क्रममा लाग्ने सबै औषधी उपलब्द गराउने बताउनु भएको छ ।    

शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल समेत  गरेकी छन्।