विराटनगर / प्रदेश १ मा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९,  ते¥हथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको छ । 

प्रदेश १ मा आज ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । 

त्यसैगरी,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ ।